Aakash Khulla Khulla

आकाश खुल्ला खुल्ला छ
धर्ति साँघुरो छ
उडु भने मेरो पंख कहाँ छ?
उडु भने मेरो पंख कहाँ छ?
आकाश खुल्ला खुल्ला छ
आ आ आ...

बतासै चल्छ यो मन भरि
सम्हालु कसो गरि?
अरु लाई पुग्ला क्षितिज को घामले
मन बुझाउ कसो गरि?
बादल कालो कालो छ
धर्ति ओभानो छ

रुझु भने मेरो आँसु कहाँ छ?
रुझु भने मेरो आँसु कहाँ छ?
आकाश खुल्ला खुल्ला छ
धर्ति साँघुरो छ
उडु भने मेरो पंख कहाँ छ?
उडु भने मेरो पंख कहाँ छ?



Credits
Writer(s): Kasam Nepal
Lyrics powered by www.musixmatch.com

Link