Jhuth Ko

झुटको संसार, झुटकै रजाइँ, चित्त कहाँ बुझाऊँ म?
सबै दुःखी भन्छन् आफूलाई, दुःख कहाँ बिसाऊँ म?
झुटको संसार, झुटकै रजाइँ, चित्त कहाँ बुझाऊँ म?

फूललाई सोधेँ, "किन रोयौ?"
शीतलाई उसले दोष दियो
फूललाई सोधेँ, "किन रोयौ?"
शीतलाई उसले दोष दियो
घामलाई सोधेँ, "के छ खबर?"
बादलसँग उसको रोष थियो

किनारमा बसी सोधेँ
किनारमा बसी सोधेँ निश्चल गङ्गा बग्थिन् जहाँ
रिसाउँदै उनले नि भनिन्, "दुःखी छु म साह्रै, नआऊ यहाँ"
झुटको संसार, झुटकै रजाइँ, चित्त कहाँ बुझाऊँ म?

प्रेयसीलाई सोधेँ एउटा कुरा
"मेरो प्रीतिमा के खोट पायौ?"
प्रेयसीलाई सोधेँ एउटा कुरा
"मेरो प्रीतिमा के खोट पायौ?"
मन-बुझाउने उत्तर पाइन मैले
किन तिमी आज यस्तो भयौ?

मैले मेरै मनलाई सोधेँ
मैले मेरै मनलाई सोधेँ, के-के भोग्नुपर्छ अझै यहाँ?
सत्य भेट्न यो संसारमा कोही त भनिदेऊ म जाऊँ कहाँ
झुटको संसार, झुटकै रजाइँ, चित्त कहाँ बुझाऊँ म?
सबै दुःखी भन्छन् आफूलाई, दुःख कहाँ बिसाऊँ म?

झुटको संसार, झुटकै रजाइँ, चित्त कहाँ बुझाऊँ म?
दुःख कहाँ बिसाऊँ म?
चित्त कहाँ बुझाऊँ म?



Credits
Lyrics powered by www.musixmatch.com

Link