Tyo Mero

त्यो मेरो घरको एकमाने ठेकी, आमाले मोही साँचेकै होलिन्
Hmm, परदेशका सन्तान सम्झेर उनी खाने बेलामा मन फुटाई रोलिन्
मन फुटाई रोलिन् नि बरै, मन फुटाई रोलिन्

झिसमिसे उठी, पोतेरी लगाई, जरुवाको पानी भरेर ल्याउँदा, हो
आ, हा, हो, आ-हा, हा-हा
झिसमिसे उठी, पोतेरी लगाई, जरुवाको पानी भरेर ल्याउँदा
आशाका मुना, भविष्य सम्झी, मुटुका टुक्रा छेउमा नपाउँदा
मुटुका टुक्रा छेउमा नपाउँदा

आगोको भरभर, पाहुनाको आशा, भालेको डाकमा उठेकै होलिन्
त्यो मेरो घरको एकमाने ठेकी, आमाले मोही साँचेकै होलिन्

दाउरा र घाँस, मेला र पात, खेपेकै होलिन् जीवनमा दुःख, हो
(आफ्नो त कर्म निकै खोटी रैछ)
(फर्केनन् कोही पनि हौ, बाबा, शिव-शिव, नारायण)
दाउरा र घाँस, मेला र पात, खेपेकै होलिन् जीवनमा दुःख
टाँकीको रूखमा कौवा कराए भन्दै पो होलिन्, "बोल शुभ-शुभ"
भन्दै पो होलिन्, "बोल शुभ-शुभ"

अब त फिर्छु म आफ्नै घर, सपनीभरि आमाले डाकिन्
त्यो मेरो घरको एकमाने ठेकी, आमाले मोही साँचेकै होलिन्

त्यो मेरो घरको एकमाने ठेकी, आमाले मोही साँचेकै...



Credits
Lyrics powered by www.musixmatch.com

Link