Ma Pritaa Gumaudai Chhu

म प्रीत गुमाउँदै छु
एक्लो जीवन रोज्दै छु
छटपटी बढ्दै छ
म प्रीत गुमाउँदै छु

अँध्यारो थियो ऊबिना कालो-कालो
शून्यतामै आयो ऊसँगै उज्यालो

त्यही प्रीत गुमाउँदै छु
फेरि शून्यतामै हराउँदै छु
छटपटी बढ्दै छ
म प्रीत गुमाउँदै छु

कस्तो पागलपन चाहत भरिएको?
आफ्नै भागको थियो खुशीले सजिएको

श्राप कतै लाग्छ कि?
बात कतै लाग्छ कि?
छटपटी बढ्दै छ
म प्रीत गुमाउँदै छु

म प्रीत गुमाउँदै...



Credits
Lyrics powered by www.musixmatch.com

Link