Timi Sita

तिमीसित भेट हुँदा मन हुन्छ कस्तो-कस्तो
तिमीसित भेट हुँदा मन हुन्छ कस्तो-कस्तो
दुइटा खोला उर्लिएर दोभानमा मिलेजस्तो, हो
तिमीसित भेट हुँदा...

फूलबारीमा ढकमक्क फूलै फुलेजस्तो
घरबारीमा टहटह जूनै खुलेजस्तो
फूलबारीमा ढकमक्क फूलै फुलेजस्तो
घरबारीमा टहटह जूनै खुलेजस्तो

सप्तरङ्गी सिउँदो तिम्रो, इन्द्रेनी पो हौ कि? हो
उज्यालो छ मुहार त्यो, चन्द्रमा पो हौ कि? हो

तिमीसित भेट हुँदा...

पस्किँदा उषासँगै तिमी कोरी, बाटी
घाम लाग्छ आँगनमा कालो बादल फाटी
पस्किँदा उषासँगै तिमी कोरी, बाटी
घाम लाग्छ आँगनमा कालो बादल फाटी

मस्किदिँदा कालो मेघ दशै दिशा ढाकी, हो
बर्सिदिन्छ परेलीमा उर्लिएर बाढी, हो

तिमीसित भेट हुँदा मन हुन्छ कस्तो-कस्तो
दुइटा खोला उर्लिएर दोभानमा मिलेजस्तो, हो
तिमीसित भेट हुँदा...



Credits
Lyrics powered by www.musixmatch.com

Link