Yeha Pirmaa Chha Manchhe

पिर-पिरमा, पिर-पिरमा
पिर-पिरमा, हो
पिर-पिरमा, पिर-पिरमा
पिर-पिरमा, हो

यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र
तर देख्ने कोही छैन
तर देख्ने कोही छैन
कस्तो हो यो विचित्र?
कस्तो हो यो विचित्र?

यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र

पिरै-पिरमा, पिरै-पिरमा
पिरै-पिरमा, हो

मागेर खानु संसारमै
चुथ्थो पो काम हो रे
भागेर खानु संसारमै
चुथ्थो पो काम हो रे
बदनाम हो रे ठूलो
र यो नकाम हो रे

तै पनि लुट्नु भन्दा होला की त पवित्र
तर बुझ्ने कोही छैन
कस्तो हो यो विचित्र?
कस्तो हो यो विचित्र?

यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र

नपरी केही काहीँ
को गर्ला काम यस्तो?
नपरी केही काहीँ
को गर्ला काम यस्तो?
को बाँच्न खोजला यहाँ
बनेर यस्ती सस्तो

देखेर बुझ पचाउने
मान्छेको छ चरित्र
तर बुझ्ने कोही छैन
कस्तो हो यो विचित्र?
कस्तो हो यो विचित्र?

यहाँ पिरमा छ मान्छे
मान्छेकै भीड भित्र



Credits
Lyrics powered by www.musixmatch.com

Link