Ustai Hola Jasto Laagchha

उस्तै होला जस्तो लाग्छ तिम्रो घरको आँगन
हेर्ने मृगतृष्णा साह्रै बढिरहेछ झन्-झन्
बढिरहेछ झन्-झन्, बढिरहेछ झन्-झन्
उस्तै होला जस्तो लाग्छ तिम्रो घरको आँगन

आँगनमाथि इन्द्रकमल उस्तै फुल्दो हो
तिम्रो केशमा सिउरिदिँदा झनै खुल्दो हो
झनै खुल्दो हो

कमल खुल्ने चुल्ठो हेर्न आतुर भाछ यो मन
हेर्ने मृगतृष्णा साह्रै बढिरहेछ झन्-झन्
बढिरहेछ झन्-झन्, बढिरहेछ झन्-झन्
उस्तै होला जस्तो लाग्छ तिम्रो घरको आँगन

तराईको फाँटभरि गुराँस भेट्नै गाह्रो
बिनातिमी मनको तृष्णा, प्यास मेट्नै साह्रो
प्यास मेट्नै साह्रो

तिमी नै हौ मेरो तृष्णा, मेरो गीतको सरगम
हेर्ने मृगतृष्णा साह्रै बढिरहेछ झन्-झन्
बढिरहेछ झन्-झन्, बढिरहेछ झन्-झन्
उस्तै होला जस्तो लाग्छ तिम्रो घरको आँगन



Credits
Lyrics powered by www.musixmatch.com

Link