Eutai Mutu

एउटै मुटु दुई भाग लायौ किन, दैव, तराजुले?
शायद मिलन छुट्नु रैछ भावीको त्यो लेखाइले

कसले देख्छ मोती आँसु गहभरि छल्किएको?
कसले देख्छ मोती आँसु गहभरि छल्किएको?
तप्प-तप्प खस्यो आँसु, विम्ब के-के झल्किएको
Hm, आ-हा-हा

कोमल माया काँडा बन्यो किन आज समयले?
शायद मिलन छुट्नु रैछ भावीको त्यो लेखाइले

कसलाई मागूँ निसाफ भनी मैले माया हारेको?
कसलाई मागूँ निसाफ भनी मैले माया हारेको?
लेखाजोखा राखिएन कसले कति माया साटेको
Hm, आ-हा-हा

मेरै मायामा खेल खेल्यौ किन यस्तो नियतिले?
शायद मिलन छुट्नु रैछ भावीको त्यो लेखाइले

एउटै मुटु दुई भाग लायौ किन, दैव, तराजुले?
शायद मिलन छुट्नु रैछ भावीको त्यो लेखाइले
एउटै मुटु...

Credits
Lyrics powered by www.musixmatch.com

Link