Hasdai Hasdai

हाँस्दै-हाँस्दै तिमी मेरो जिन्दगीमा आयौ
हाँस्दै-हाँस्दै तिमी मेरो जिन्दगीमा आयौ
देख्दा कोमल हातहरूले विष पिलाएर गयौ

अमृत ठान्थेँ मायालाई, पासो बनायौ
आज मलाई दुनियाँको हाँसो बनायौ
अमृत ठान्थेँ मायालाई, पासो बनायौ
आज मलाई दुनियाँको हाँसो बनायौ

जिन्दगी नै तिमी ठानेँ, देखिन अरू केही
हो, जिन्दगी नै तिमी ठानेँ, देखिन अरू केही
झिक्न मिल्ने भए मुटु, झिकिदिन्थेँ यहीँ

खिल बनेर मुटुमाझ गड्यौ बेसरी
म बाँच्न सक्छु र अब कसरी?
खिल बनेर मुटुमाझ गड्यौ बेसरी
म बाँच्न सक्छु र अब कसरी?

जुनी-जुनी बाँच्ने भनी हाँस्न सिकाएर
हो, जुनी-जुनी बाँच्ने भनी हाँस्न सिकाएर
सपनाका मीठामीठा महल बनाएर

पलभरमै भत्काइदियौ किन यसरी?
म बाँच्न सक्छु र अब कसरी?
पलभरमै भत्काइदियौ किन यसरी?
म बाँच्न सक्छु र अब कसरी?

हाँस्दै-हाँस्दै तिमी मेरो जिन्दगीमा आयौ
देख्दा कोमल हातहरूले विष पिलाएर गयौ

अमृत ठान्थेँ मायालाई, पासो बनायौ
आज मलाई दुनियाँको हाँसो बनायौ
अमृत ठान्थेँ मायालाई, पासो बनायौ
आज मलाई दुनियाँको हाँसो बनायौ

अमृत ठान्थेँ मायालाई, पासो बनायौ
आज मलाई दुनियाँको हाँसो बनायौ
अमृत ठान्थेँ मायालाई, पासो बनायौ
आज मलाई दुनियाँको हाँसो बनायौ



Credits
Lyrics powered by www.musixmatch.com

Link