Timro Jarurat

तिम्रो जरुरत छैन मलाई, म एक्लै बाँच्न सक्छु
तिम्रो जरुरत छैन मलाई, म एक्लै बाँच्न सक्छु
तिम्रो हाँसो चाहिँदैन मलाई
तिम्रो हाँसो चाहिँदैन मलाई, म नहाँसी बाँच्न सक्छु
म नहाँसी बाँच्न सक्छु

माया त हुन्छ अन्तर्मनमा
तिमीले खेल मात्र खेल्यौ
विश्चास त हुन्छ दुई आत्मामा
तिमीले देखासिकी गर्यौ

झूठो माया चाहिँदैन मलाई
झूठो माया चाहिँदैन मलाई, मायाबिना म बाँच्न सक्छु
मायाबिना म बाँच्न सक्छु
तिम्रो जरुरत छैन मलाई, म एक्लै बाँच्न सक्छु

सुनाउँदै हिँड्छु मेरो कथा
तिमीले नसुनिदिए हुन्छ
सुनाउँदै हिँड्छु मेरो व्यथा
तिमीले नसुनिदिए हुन्छ

झूठो वाचा चाहिँदैन मलाई
झूठो वाचा चाहिँदैन मलाई, तिमीबिना म बाँच्न सक्छु
तिमीबिना म बाँच्न सक्छु

तिम्रो जरुरत छैन मलाई, म एक्लै बाँच्न सक्छु
तिम्रो जरुरत छैन मलाई, म एक्लै बाँच्न सक्छु
तिम्रो हाँसो चाहिँदैन मलाई
तिम्रो हाँसो चाहिँदैन मलाई, म नहाँसी बाँच्न सक्छु
म नहाँसी बाँच्न सक्छु



Credits
Lyrics powered by www.musixmatch.com

Link