Maya Maile Timilai

माया मैले तिमीलाई दिएजति कहीँ छैन
हाम्रो जस्तो पिरती संसारमा कहीँ छैन
जुनी-जुनी साथ दिन्छु, जुनी-जुनी हात दिन्छु
सारा खुशी नै दिन्छु तिमीलाई
माया मैले तिमीलाई...

मलाई तिम्रो जति भर कसैको छैन
मलाई तिम्रो जति आस कसैको छैन
तर बेइमानीको ओखती संसारमा कहीँ छैन

माया मैले तिमीलाई...

मलाई तिम्रो जति चाह कसैको छैन
मलाई तिम्रो जति माया कसैको छैन
तर बैगुनीको ओखती संसारमा कहीँ छैन

माया मैले तिमीलाई दिएजति कहीँ छैन
हाम्रो जस्तो पिरती-
जुनी-जुनी साथ दिन्छु, जुनी-जुनी हात दिन्छु
सारा खुशी नै दिन्छु तिमीलाई
माया मैले तिमीलाई दिएजति कहीँ छैन



Credits
Lyrics powered by www.musixmatch.com

Link