Hami Chau Ni Aama

साथ देऊ, हात देऊ, सहारा देऊ
भरोसा देऊ, सबै जना मिलिदेऊ अब

हामी छौँ नि, आमा, अब तिम्रो आँसु पुछ्ने
भत्किएको देश अब सबै मिली टाल्ने

कति तिम्रा सन्तान हरु तिम्रै गर्वभित्र मरे
कति तिम्रा हाँसो हेर्ने सपना अधूरो रहे
रातपछि दिन आउँछ, यही माटोमा बहार छाउँछ
बिचल्लित हुने छैनौँ, मिलिजुली बनाउने छौँ
फेरि घर हाम्रो

हामी छौँ नि, आमा, अब देशको भार थाम्ने

च्यातिएका मानहरू सिलाउनु छ पहिले हामी
आँटहरु बटुलेर अब केही गरौँ
जे हुनु थ्यो भइहाल्यो, जानेहरू गइहाले
ती आत्माले शान्ति पाउन्, भिजेका आँखा ओभाउन्
अब नेपालीको

हामी छौँ नि, आमा, अब नयाँ भविष्य कोर्ने

साथ देऊ, हात देऊ, सहारा देऊ
भरोसा देऊ, सबै जना मिलिदेऊ अब

हामी छौँ नि, आमा, अब तिम्रो आँसु पुछ्ने
भत्किएको देश अब सबै मिली टाल्ने



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link