Jahile Dekhi

जहिलेदेखि तिमीलाई देखेँ, यो मन भाछ बेग्लै
यो मन भाछ बेग्लै
हजारौँको भीडमा पनि लाग्छ भाछु एक्लै
जहिलेदेखि तिमीलाई देखेँ, whoa-oh-oh

तिम्रो रूप हेरी इन्द्रेनीले भर्छिन् आफ्नो रङ्ग
हो, तिम्रो रूप हेरी इन्द्रेनीले भर्छिन् आफ्नो रङ्ग
तिम्रो मधुर स्वर सुनी कोइली पर्छिन् दङ्ग
तिम्रो मधुर स्वर सुनी कोइली पर्छिन् दङ्ग

कहाँबाट आयौ, सुन्दरी? को हौ तिमी, भन
को हौ तिमी, भन
हेर्दाहेर्दै पागल भएँ, चोर्यौ मेरो मन
जहिलेदेखि तिमीलाई देखेँ, ला-ला-ला, ला-ला-ला

सुवास छर्दै हिँड्छ्यौ, तिमी मधुवनकी रानी
ओ, सुवास छर्दै हिँड्छ्यौ, तिमी मधुवनकी रानी
सबको मनै लोभ्याउने, मायाकी तिमी खानी
सबको मनै लोभ्याउने, मायाकी तिमी खानी

तिमीलाई पाउने आशाले यो मनमा बज्छ झन्कार
यो मनमा बज्छ झन्कार
आऊ मिली पिरतीको रचौँ सुन्दर संसार

जहिलेदेखि तिमीलाई देखेँ, यो मन भाछ बेग्लै
यो मन भाछ बेग्लै
हजारौँको भीडमा पनि लाग्छ भाछु एक्लै
जहिलेदेखि तिमीलाई देखेँ, mm-hm-hm-hm



Credits
Lyrics powered by www.musixmatch.com

Link