Dobato

तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्नेछैन
छातीभरि चोट बोकी अब चाहिँ डुल्नेछैन
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्नेछैन

हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पिदिएँ
दुई-चार कदम साथ हिँडी तिमीले हात छोडिदियौ

आँखाभरि भ्रम बोकी अब चाहिँ हिँड्नेछैन
तिमीलाई म हृदयमा अब चाहिँ राख्नेछैन
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्नेछैन

एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ
अतीतका यादले पछ्याइदिँदा एक्लो मन तड्पिदिन्छ

निष्ठुरीको वाचा सम्झी अब चाहिँ सोच्नेछैन
तिमीलाई म जीवनसाथी अब चाहिँ भन्नेछैन
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्नेछैन
छातीभरि चोट बोकी अब चाहिँ डुल्नेछैन
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्नेछैन

अब चाहिँ कुर्नेछैन
अब चाहिँ कुर्नेछैन



Credits
Lyrics powered by www.musixmatch.com

Link