Ritu Herne Yo Nazar Ko

ऋतु हेर्ने यो नजरको वसन्त हौ तिमी
ऋतु हेर्ने यो नजरको वसन्त हौ तिमी
एक्लो मेरो जिन्दगीको आफन्त हौ तिमी, आफन्त हौ तिमी
ऋतु हेर्ने यो नजरको वसन्त हौ तिमी

संसारकै खुसी मिल्छ पाए तिम्रो साथ
हो, संसारकै खुसी मिल्छ पाए तिम्रो साथ
अजम्बरी बनिरहोस् हाम्रो प्रेम गाथा, हाम्रो प्रेम गाथा
मेरो लागि बनिदिन्छ्यौ पिरतीको मूल
यो नजरले रोज्ने तिमी गुलाफकै फूल, गुलाफकै फूल

ऋतु हेर्ने यो नजरको वसन्त हौ तिमी

मलाई काँडा बिझ्दा पनि तिमी धेरै दुख्छ्यौ
मलाई काँडा बिझ्दा पनि तिमी धेरै दुख्छ्यौ
मेरा हर खुसी भर्न सधैँ आइपुग्छ्यौ, सधैँ आइपुग्छ्यौ
मलाई जहिले आड दिने पहरा हौ तिमी
यो नजरमा झर्ने निर्मल छहरा हौ तिमी, छहरा हौ तिमी

ऋतु हेर्ने यो नजरको वसन्त हौ तिमी



Credits
Lyrics powered by www.musixmatch.com

Link