K Bhool Vayo

के भूल भयो र तर्कियौ? बिर्स्यौ मीठा साथहरू

मर्नुभन्दा गाह्रो रैछ भुल्न तिम्रा यादहरू

के भूल भयो र तर्कियौ?

"स्वर्ग भन्नु यही रैछ," भन्थ्यौ काखमा रमाउँदा

एक युगजस्तै लाग्थ्यो, हो
एक युगजस्तै लाग्थ्यो तिमी एकैछिन हराउँदा
तिमी एकैछिन हराउँदा

के भूल भयो र तर्कियौ?

बाध्यतामा बदलियौ कि, कि त यही धोको थियो?

कि त यही धोको थियो?
निर्धन थियो मेरो माया, कि त केही पीडा दियो?
निर्धन थियो मेरो माया, कि त केही पीडा दियो?

के भूल भयो र तर्कियौ?

अनायासै पराई भयौ सधैँ दुख्ने घाउ बनी
अनायासै पराई भयौ सधैँ दुख्ने घाउ बनी
तिम्रै प्रीतको भरिया छु, हो
तिम्रै प्रीतको भरिया छु जति माया मारे पनि
जति माया मारे पनि

के भूल भयो र तर्कियौ? बिर्स्यौ मीठा साथहरू
मर्नुभन्दा गाह्रो रैछ भुल्न तिम्रा यादहरू
मर्नुभन्दा गाह्रो रैछ भुल्न तिम्रा यादहरू
के भूल भयो र तर्कियौ?

Credits
Lyrics powered by www.musixmatch.com

Link