Dosh Ke Bhani Diun Timilai

दोष के भनी दिउँ तिमीलाई?
दोष के भनी दिउँ तिमीलाई?
की ईमान मेरो डगमगाइदियो?
तिम्रो रूपको नशाले मलाई
मनैभरि चाहत उब्जायो
मदमस्त फूलहरू फक्रिदिन्छन्
चाहि नचाही लोभ्याउँछ भमरा
जति लगाउन खोज ध्यान अन्त
मदहोसीमै चुम्न पुग्छ फूल
दोष के भनी दिउँ तिमीलाई?

जल्छ यो मन अति ज्वाला दन्की
जब पर्छ कसैको नजर तिमीमा

जल्छ यो मन अति ज्वाला दन्की
जब पर्छ कसैको नजर तिमीमा
पोल्छ भतभती दिल भित्र अति
जब पर्छ दृष्टि तिम्रो अरूमा
अचम्मको हुन्छ यो यौवन भन्ने
मदहोस भई फसिदिन्छ मायामा
तिम्रो रूपको नशाले मलाई
मनैभरि चाहत उब्जायो
दोष के भनी दिउँ तिमीलाई?

पहिरो, भुइँचालो जे जाहोस् जगतमा
नजर मेरो जान्छ खाली तिमीमा

पहिरो, भुइँचालो जे जाहोस् जगतमा
नजर मेरो जान्छ खाली तिमीमा
यति धेरै सोँच्छु तिम्रो बारेमा
छैन अरु कुनै कुरा यो मनमा
प्रितको आत्मसात गर्न नसक्नु
प्रेमको अपमान हुन्छ यौवनमा
तिम्रो रूपको नशाले मलाई
मनैभरि चाहत उब्जायो

दोष के भनी दिउँ तिमीलाई?
की ईमान मेरो डगमगाइदियो?
दोष के भनी दिउँ तिमीलाई?



Credits
Lyrics powered by www.musixmatch.com

Link