Man Ko Yo Fulbarima

मनको यो फूलबारीमा चढ्यो केको रङ्ग, रङ्ग, रङ्ग?
आँगन यो भर्न सके हुन्थ्यो मन कति दङ्ग, दङ्ग, दङ्ग

आँखाभरि हरियाली वसन्तले छाएजस्तो, जस्तो, जस्तो
रूपरङ्ग मनभित्र सजाउन पाए हुन्थ्यो, हुन्थ्यो, हुन्थ्यो
हो, आँखाभरि हरियाली वसन्तले छाएजस्तो, जस्तो, जस्तो
रूपरङ्ग मनभित्र सजाउन पाए हुन्थ्यो, हुन्थ्यो, हुन्थ्यो

पितित्ती हेरिरहूँ, सोधूँ म खै, कोसँग, सँग, सँग?
आँगन यो भर्न सके हुन्थ्यो मन कति दङ्ग, दङ्ग, दङ्ग

वसन्तको रहर यो यौवनमा फक्रिसक्यो, सक्यो, सक्यो
बास्नाको मगमग छातीभरि रहिरह्यो, रह्यो, रह्यो
Hm, वसन्तको रहर यो यौवनमा फक्रिसक्यो, सक्यो, सक्यो
बास्नाको मगमग छातीभरि रहिरह्यो, रह्यो, रह्यो

मनभरि छाइसक्यो उमङ्ग यो कस्तो, कस्तो, कस्तो
आँगन यो भर्न सके हुन्थ्यो मन कति दङ्ग, दङ्ग, दङ्ग

मनको यो फूलबारीमा चढ्यो केको रङ्ग, रङ्ग, रङ्ग?
आँगन यो भर्न सके हुन्थ्यो मन कति दङ्ग, दङ्ग, दङ्ग
मनको यो फूलबारीमा चढ्यो केको रङ्ग, रङ्ग, रङ्ग?
आँगन यो भर्न सके हुन्थ्यो मन कति दङ्ग, दङ्ग, दङ्ग

Credits
Lyrics powered by www.musixmatch.com

Link