Aafnai Duno Sojhyauchhan

आफ्नै दुनो सोझ्याउँछन् धेरै-धेरै मान्छेहरू

तिमी पनि त्यस्तै भाकी भए जाती हुन्थ्यो बरु
तर तिमी त अर्कै निस्कियौ
तर तिमी त अर्कै निस्कियौ
घाइते त पार्यौ पार्यौ, घाउमाथि नुन छर्कियौ

मीठो बोल्यौ, त्यही बोलीमा तिम्लाई आफ्नो देखेँ
हो, मीठो बोल्यौ, त्यही बोलीमा तिम्लाई आफ्नो देखेँ
विश्वासमा बाँधिएर जहाँ भन्यौ त्यहीँ टेकेँ
लुटेपछि गए हुन्थ्यो ढुङ्गा हान्ने साटो
छँदै थियो हिँड्नलाई तिम्रो आफ्नै बाटो

तर तिमी त अर्कै निस्कियौ
घाइते त पार्यौ पार्यौ, घाउमाथि नुन छर्कियौ
आफ्नै दुनो सोझ्याउँछन् धेरै-धेरै मान्छेहरू

तिमी रैछौ जाल बुन्दै, मैले माया ठानेँ
हो, तिमी रैछौ जाल बुन्दै, मैले माया ठानेँ
बिक्दो रैछ संवेदना, बल्ल जान्न थालेँ
जितेपछि गए हुन्थ्यो छुरा हान्ने साटो
छँदै थियो तिमीसँग थाप्न अर्को पासो

तर तिमी त अर्कै निस्कियौ
घाइते त पार्यौ पार्यौ, घाउमाथि नुन छर्कियौ
आफ्नै दुनो सोझ्याउँछन् धेरै-धेरै मान्छेहरू

तिमी पनि त्यस्तै भाकी भए जाती हुन्थ्यो बरु
तर तिमी त अर्कै निस्कियौ
घाइते त पार्यौ पार्यौ, घाउमाथि नुन छर्कियौ
आफ्नै दुनो सोझ्याउँछन् धेरै-धेरै मान्छेहरू

Credits
Lyrics powered by www.musixmatch.com

Link