Dashain Ayo

थालै भरी रातो रातो अछेता र पाती
बाटै भरी नयाँ नौलो मानिसको ताती
दशैँ आयो फर्कियो लाहुरे गाँउ घरको मायालाई सम्झएर
आहै लरिबरि आहै लरिबरि
खुशी हुदैँ हासेकी आमा आँगनीको डिलैमा बसेर

लहलह धानै झुल्यो निलो निलो आकाश खुल्यो
चिसो चिसो हावा चल्यो चंगा जस्तै मन उड्यो
दाजुभाइ दिदी बहिनी सरर पिङ्ग खेली
हातेमालो गर्न थाले रिस राग सबै भुली
तिहार छायो बहिनीको हाँसोमा
बुट्टे चोली ल्याइदिउला सानु म
बर्ष दिनमा भेट हुने बाहाना
सबै मिली रमाउने चाहाना

फर्किएन उनि भन्दै औला भाँची दिन गन्दै
टाढा टाढा बाटो हेर्दै पर्खिदै छ होला कोही
यही बर्ष नपाएनी अर्को साल आइदिनु
सम्झना छ हाम्रो पनि विदेशीने दाजु भाइ
सुन्नु होला नेपालको खबर जताततै हर्षको लहर
सुख शान्ति सबैको मनमा छाइ रहोस् आजको दिनमा
थालै भरी रातो रातो अछेता र पाती
बाटै भरी नयाँ नौलो मानिसको ताती
दशैँ आयो फर्कियो लाहुरे गाँउ घरको मायालाई सम्झएर
आहै लरिबरि आहै लरिबरि
खुशी हुदैँ हासेकी आमा आँगनीको डिलैमा बसेर
गाँउ घरको मायालाई सम्झएर



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link