Adutiya

जून हेरेँ, तारा पनि तिम्रो रूप खोज्न
अद्वितीय तिम्रो रूप, तर सकिन पाउन
नशालु नयन, लजालु शिर घुम्टोभित्र लुकाई
नजाऊ न भागी तिमी मेरो यो दिललाई तड्पाई

हररात बित्छ तिम्रो नै यादमा
तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
हररात बित्छ तिम्रो नै यादमा
तड्पिन्छ मन भेट्न फेरि प्रभातमा

नजर जुधाउँदा, नजर झुकाउँदा
नजर जुधाउँदा, नजर झुकाउँदा
म हरपल हराउँछु तिमीलाई सम्झिँदा
गीत तिमी, धुन तिमी, शब्द-शब्दमा तिमी

नजाऊ न भागी तिमी मेरो यो दिललाई तड्पाई

जून हेरेँ, तारा पनि तिम्रो रूप खोज्न
अद्वितीय तिम्रो रूप, तर सकिन पाउन
नशालु नयन, लजालु शिर घुम्टोभित्र लुकाई
नजाऊ न भागी तिमी मेरो यो दिललाई तड्पाई



Credits
Writer(s): Niran Shahi, Suman Lal Shrestha, Sumanlal Shrestha
Lyrics powered by www.musixmatch.com

Link