Ke Dekhethe

के देखेथेँ
के देखेथेँ एकै नजर, म त रणभुल्लमा परेँ
सपना हो कि बिपना हो?
सपना हो कि बिपना हो? म त अलमलमा परेँ
म त अलमलमा परेँ

क्या हेर्ने नजर उसको! मृगतृष्णा नयनमा
क्या मोहनी उसको ललित बोलीमा!
क्या चाल छ उसको! सिधै अँगाल्ने मुटुमा

के देखेथेँ एकै नजर, म त रणभुल्लमा परेँ
सपना हो कि बिपना हो? म त अलमलमा परेँ

सुन्दरताको कुरै नगर, चन्द्रमा नै सर्माउने
क्या लजाउँछे उनी नयाँ बेहुलीझैँ!
क्या मुस्कान उनको! प्रकृति नै स्तब्ध हुने

के देखेथेँ एकै नजर, म त रणभुल्लमा परेँ
सपना हो कि बिपना हो?
सपना हो कि बिपना हो? म त अलमलमा परेँ
म त अलमलमा परेँ



Credits
Lyrics powered by www.musixmatch.com

Link