Yaspali Pani Pradeshmai Bitne Bho

हुर्र...
ओ-है, ओ-है, ओ-है, ओ-है

यस पाली पनि परदेशमै बित्ने भो दशैँ-तिहार
लौ, यस पाली पनि परदेशमै बित्ने भो दशैँ-तिहार

साउने झरीझैँ मन रुन्छ धरर
लौ, साउने झरीझैँ मन रुन्छ धरर
ओ-हो, ओ, ओ, ओ, सम्झेर गाउँघर
सम्झेर गाउँघर

यस पाली पनि परदेशमै बित्ने भो दशैँ-तिहार

ल-है
ओ-है

वर्षाको बेला झरी र बादल, पटुका कसेर
लेक-बेसी धाउँदै रुँदी हुन् प्रिय डाँडैमा बसेर
(हो-हो, हो-हो-हो, हो-हो-हो)
(हो-हो, हो-हो-हो, हो-हो-हो)
ए-लै, वर्षाको बेला झरी र बादल, पटुका कसेर
लेक-बेसी धाउँदै रुँदी हुन् प्रिय डाँडैमा बसेर

लर्कँदो जोवन ढल्किँदै गयो, दिन बिते बेसरी
साहुको रिन नपुर्याईकन जाऊँ पनि कसरी?
ओ-हो, ओ, ओ, ओ, जाऊँ पनि कसरी?
हो, जाऊँ पनि कसरी?

यस पाली पनि परदेशमै बित्ने भो दशैँ-तिहार

ल-है, ल-है (हुर्र...)
ल-है, ल-है

दशैँको बेला साथीभाइ भेला, पिङमा सरर
सम्झेर छोरा बाउआमा, बरा, रुँदा हुन् बरर
(हो-हो, हो-हो-हो, हो-हो-हो)
(हो-हो, हो-हो-हो, हो-हो-हो)
ए-लै, दशैँको बेला साथीभाइ भेला, पिङमा सरर
सम्झेर छोरा बाउआमा, बरा, रुँदा हुन् बरर

झन् सम्झी ल्याउँदा चिरिन्छ छाती, मन बुझाऊँ कसरी?
भरिन्छ गह, छल्किन्छ आँसु, मन रुन्छ धरधरी
ओ-हो, ओ, ओ, ओ, मन रुन्छ धरधरी
हो, मन रुन्छ धरधरी

यस पाली पनि परदेशमै बित्ने भो दशैँ-तिहार
हे, यस पाली पनि मुगलानमै बित्ने भो दशैँ-तिहार

साउने झरीझैँ मन रुन्छ धरर
लौ, साउने झरीझैँ मन रुन्छ धरर
ओ-हो, ओ, ओ, ओ, सम्झेर गाउँघर
सम्झेर गाउँघर
हे-लै, मन रुन्छ धरर
सम्झेर गाउँघर
हे-लै, मन रुन्छ धरर



Credits
Lyrics powered by www.musixmatch.com

Link