Gahiro Gahiro

गहिरो, गहिरो जीवन सागर यो
तरि नै रहेछु म
बगिरहेको रूखको मुढाझैँ
किनार खोजेछु म

किन-किन हो
आतुर छ मन मेरो
बिरानो, बिरानो
बिरानो लागेछ आज यहाँ

गहिरो, गहिरो...

दिन र रात, दिन र रात यहाँ
खोजि नै रहेछु म
कि मलाई सधैँ माया दिनेहरूलाई
सोधि नै रहेछु म

आफूलाई सँगालेर
खोटहरू मेरो अँगालेर
हिँडेछु, हिँडेछु
हिँडेछु यहाँ सारा छाडेर

किन-किन हो
आतुर छ मन मेरो
बिरानो, बिरानो
बिरानो लागेछ आज यहाँ

गहिरो, गहिरो जीवन सागर यो
तरि नै रहेछु म
बहिरहेको रूखको मुढाझैँ
किनार खोजेछु म



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link