Yi Aankhale Female

यी आँखाले तिम्रै बाटो हेर्छन् पर-पर
यी आँखाले तिम्रै बाटो हेर्छन् पर-पर
पर्खाइमै धेरै बाँच्न
पर्खाइमै धेरै बाँच्न कहाँ सकिन्छ र?
कहाँ सकिन्छ र?
यी आँखाले तिम्रै बाटो हेर्छन् पर-पर

उडी जाने वनको चरी फर्की आउँछ साँझ, हो
हो, उडी जाने वनको चरी फर्की आउँछ साँझ
आउँछु भन्थ्यो मायालुले
आउँछु भन्थ्यो मायालुले, फर्किएनौ आज
फर्किएनौ आज

तिमी हुँदा कति सुन्दर हुन्थ्यो होला घर
पर्खाइमै धेरै बाँच्न
पर्खाइमै धेरै बाँच्न कहाँ सकिन्छ र?
कहाँ सकिन्छ र?
यी आँखाले तिम्रै बाटो हेर्छन् पर-पर

मैले भन्दा माया गर्ने अरू पनि पायौ होला, हो
हो, मैले भन्दा माया गर्ने अरू पनि पायौ होला
मेरो संसार उजाड बनाई
मेरो संसार उजाड बनाई उतै फुल्न लायौ होला
उतै फुल्न लायौ होला

पीपलबिना एक्लै भाछ चौतारीको वर
पर्खाइमै धेरै बाँच्न
पर्खाइमै धेरै बाँच्न कहाँ सकिन्छ र?
कहाँ सकिन्छ र?
यी आँखाले तिम्रै बाटो हेर्छन् पर-पर



Credits
Lyrics powered by www.musixmatch.com

Link