Kamjor

कमजोर रहेछ भाग्य मेरो
कमजोर रहेछ भाग्य मेरो, मृत्युसँग हार्न लागेको छु
लाचार भई नहेर तिमी, जीवन खरानी पार्न लागेको छु
कमजोर रहेछ भाग्य मेरो

जलासयले निब्दैन रैछ
जलासयले निब्दैन रैछ हृदयको जलेको
अन्तिम प्रहर चल्दैछ मुटु, सङ्काले भरिएको
सङ्काले भरिएको

अत्तर रित्तिएको फूलझैँ
अत्तर रित्तिएको फूलझैँ ओइलाइमा यौवन सार्न लागेको छु

लाचार भई नहेर तिमी, जीवन खरानी पार्न लागेको छु
कमजोर रहेछ भाग्य मेरो

जन्मेर धर्तीमा टेकेको पाइला
जन्मेर धर्तीमा टेकेको पाइला मेटेर जाँदै छु
लास मात्र होइन, अधूरो सपना जलाई लाँदै छु
अधूरो सपना जलाई लाँदै छु

औँसी न जितीको जूनझैँ
औँसी न जितीको जूनझैँ विलाई म आत्मा मर्न लागेको छु

लाचार भई नहेर तिमी, जीवन खरानी पार्न लागेको छु
कमजोर रहेछ भाग्य मेरो



Credits
Lyrics powered by www.musixmatch.com

Link