Timro Ghar Jalai

तिम्रो घर जलाई मेरो महल बनाउन चाहन्न म
हो, तिम्रो घर जलाई मेरो महल बनाउन चाहन्न म
तिमीलाई आँसुमा डुबाई
तिमीलाई आँसुमा डुबाई मेरो खुसी बटुल्न चाहन्न म
तिम्रो घर जलाई मेरो महल बनाउन चाहन्न म

आँसु देऊ, आँसु पिउँछु, खुसी छिन, तिम्रै यादमा जिउँछु

आँसु देऊ, आँसु पिउँछु, खुसी छिन, तिम्रै यादमा जिउँछु
म त तिमीलाई भुल्ने छैन तिम्ले मनमा नराखे नि
कहिल्यै टाढा हुन्न, हेर, तिम्ले छेउमा नडाके नि

तिम्रो घर जलाई मेरो महल बनाउन चाहन्न म
मेरो महल बनाउन चाहन्न म
मेरो महल बनाउन चाहन्न म
मेरो महल बनाउन चाहन्न म

विष नै देऊ मलाई, "पिउँदिन विष" कहिल्यै भन्दिन म

विष नै देऊ मलाई, "पिउँदिन विष" कहिल्यै भन्दिन म
झुटो नै थ्यो तिम्रो माया, झुटो माया जालको पासो
तिम्रोसामु पर्दिन म, गर्दिन केही गुनासो

तिम्रो घर जलाई मेरो महल बनाउन चाहन्न म
मेरो महल बनाउन चाहन्न म
मेरो महल बनाउन चाहन्न म
मेरो महल बनाउन चाहन्न म



Credits
Writer(s): Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link