Ma Samjhanchhu

म सम्झिन्थेँ त्यही बेला तिम्रो खबर पाउँदा
म सम्झिन्थेँ त्यही बेला तिम्रो खबर पाउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा
म सम्झिन्थेँ त्यही बेला...

खुशी मैले सजाको थेँ, अनायासै छुटिगयो
हो, खुशी मैले सजाको थेँ, अनायासै छुटिगयो
नसोचेको आँधी आयो, सपना सबै टुटिगयो
सपना सबै टुटिगयो

निसासिएँ अन्धकारमा कालो बादल छाउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा
म सम्झिन्थेँ त्यही बेला...

आधीबाटो नहिँड्दैमा साथ मेरो छोडी गयौ
हो, आधीबाटो नहिँड्दैमा साथ मेरो छोडी गयौ
सिन्दूर अनि चुरापोते, खुशी सबै तोडी गयौ
खुशी सबै तोडी गयौ

होइन लाग्यो मलाई तिमी कात्रोभित्र आउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा

म सम्झिन्थेँ त्यही बेला तिम्रो खबर पाउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा
न्याउली चरी रूखमा बसी विरहको गीत गाउँदा
म सम्झिन्थेँ त्यही बेला...



Credits
Lyrics powered by www.musixmatch.com

Link