Bihani Ko Gham Ko Jhulko

बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा
स्वदेशको याद आयो डाँफे-मुनाल नाच्दा
ढाका टोपी, दौरा-सुरुवाल, गुन्यू-चोलीको भेष
प्रकृतिका विषमताले भरिएको देश
बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा...

जहाँ भए नि नेपाली हौँ, नेपालकै छोरा
जहाँ भए नि नेपाली हौँ, नेपालकै छोरा
विश्वभरि छरिएका हामी चारैतिर
राष्ट्रभाषा नेपाली हो, सगरमाथा शिर
कसैसँग नझुकेका हामी नै हौँ वीर

बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा...

सपनीमा चन्द्र-सूर्य, राष्ट्रिय ध्वजा देख्दा
सपनीमा चन्द्र-सूर्य, राष्ट्रिय ध्वजा देख्दा
मुटु दुख्यो, आँसु बग्यो विदेशमा बाँच्दा
स्वदेशमै बाँच्न पाऊँ, सृजना होस् रोजगार
अनेकतामा एकता नै हाम्रो यही उद्गार

बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा
स्वदेशको याद आयो डाँफे-मुनाल नाच्दा
ढाका टोपी, दौरा-सुरुवाल, गुन्यू-चोलीको भेष
प्रकृतिका विषमताले भरिएको देश
बिहानीको घामको झुल्को हिउँचुलीमा देख्दा...



Credits
Lyrics powered by www.musixmatch.com

Link