Kahile Dekhi

कहिलेदेखि भन, प्रिया, मुटु रेट्न थाल्यौ?
कहिलेदेखि भन, प्रिया, मुटु रेट्न थाल्यौ?
यता माया गर्छु भन्दै उता भेट्न थाल्यौ
कहिलेदेखि भन, प्रिया, मुटु रेट्न थाल्यौ?

कति माया गर्दा तिम्लाई तिम्रो हुन सक्थेँ?
कति माया गर्दा तिम्लाई तिम्रो हुन सक्थेँ?
धमिलो त्यो तिम्रो मनलाई पनि धुन सक्थेँ

पहिले लेख्यौ मेरै नाम, अहिले मेट्न थाल्यौ
यता माया गर्छु भन्दै उता भेट्न थाल्यौ
कहिलेदेखि भन, प्रिया, मुटु रेट्न थाल्यौ?

नभनेरै कति कुरा तिम्ले नै लुकाइराख्यौ
नभनेरै कति कुरा तिम्ले नै लुकाइराख्यौ
घरीघरी मेरो मन तिम्ले नै दुखाइराख्यौ

थाहै नदिई मुटुभरि विष छिट्न थाल्यौ
यता माया गर्छु भन्दै उता भेट्न थाल्यौ
कहिलेदेखि भन, प्रिया, मुटु रेट्न थाल्यौ?



Credits
Lyrics powered by www.musixmatch.com

Link