Aafailai Dhati Here

कति पल्ट तिम्रो बारे आफैलाई ढाँटी हेरेँ
कति पल्ट तिम्रो बारे आफैलाई ढाँटी हेरेँ
माया मारी बिर्सिँदा नि सम्झिरहेँ, सम्झिरहेँ
सम्झिरहेँ, सम्झिरहेँ
कति पल्ट तिम्रो बारे...

ऐनासरि चुकिएर तिमीसँग छुटिएछु
हो, ऐनासरि चुकिएर तिमीसँग छुटिएछु
एकान्तमा साउती मार्दै तिमीसँगै बोलिरहेँ

रहरहरू पगालेर आँसुसँगै बगिरहेँ
आँसुसँगै बगिरहेँ

कति पल्ट तिम्रो बारे...

तिमी गयौ माया मारी, यादहरू यतै छाडी
हो, तिमी गयौ माया मारी, यादहरू यतै छाडी
विषरूपी याद पिउँदै धेरै पल्ट मरिरहेँ

यादरूपी रापसँगै जलिरहेँ, जलिरहेँ
जलिरहेँ, जलिरहेँ

कति पल्ट तिम्रो बारे आफैलाई ढाँटी हेरेँ
माया मारी बिर्सिँदा नि सम्झिरहेँ, सम्झिरहेँ
सम्झिरहेँ, सम्झिरहेँ



Credits
Lyrics powered by www.musixmatch.com

Link