Bhun Bhun

भुनभुनभुन बोली भमराको चोरीचोरी गाऊँ कि?
गुनगुनगुन गीत फूलको जोडीजोडी गाऊँ कि?

ओ, भुनभुनभुन बोली भमराको चोरीचोरी गाऊँ कि?
गुनगुनगुन गीत फूलको जोडीजोडी गाऊँ कि?

कुन सुरमा छ त सरगम? कुन धुनमा छ त रमझम?
बरु सुनाइदे पाउजु छनन, छनन, छम, छननन, छमछम
भुनभुनभुन बोली भमराको

ओ, पिपलुको पात टिपी लेखूँ क्यारे एउटा चिठी
नौलोनौलो पिरतीको बुट्टा भरेर
हो, पिपलुको पात टिपी लेखूँ क्यारे एउटा चिठी
नौलोनौलो पिरतीको बुट्टा भरेर
कुन चरीको भाका सिकी मनको बह फुकाऊँ आज?
नचिनेको मायालुले बुझ्ने गरेर

Hmm, चिरिबिरी तारा-रण लाग्यो आज कमकम
बरु सुनाइदे पाउजु छनन, छनन, छम, छननन, छमछम
भुनभुनभुन बोली भमराको

डराईडराई ओठ खोली बाहिर आउन खोज्छ बोली
बतासले थाहा छैन कहाँ लाने हो
हो, डराईडराई ओठ खोली बाहिर आउन खोज्छ बोली
बतासले थाहा छैन कहाँ लाने हो
बैँसालुको आँखा हुन्छ, त्यसमा मिठो भाका हुन्छ
खोजिरैछु एउटा मान्छे पढ्न जानेको

परेलीको झनझन एक्लै छ हरदम
बरु सुनाइदे पाउजु छनन, छनन, छम, छननन, छमछम, छम, छम

भुनभुनभुन बोली भमराको चोरीचोरी गाऊँ कि?
गुनगुनगुन गीत फूलको जोडीजोडी गाऊँ कि?

कुन सुरमा छ त सरगम? कुन धुनमा छ त रमझम?
बरु सुनाइदे पाउजु छनन, छनन, छम, छननन, छमछम
भुनभुनभुन बोली भमराको



Credits
Lyrics powered by www.musixmatch.com

Link