Timro Yadma

तिम्रो यादमा आज आँसु बगाउँदै छु, कठै! कठै!
तिम्रो यादमा आज आँसु बगाउँदै छु, कठै! कठै!
भुलिदिऊँ कि निष्ठुरीलाई भनी सधैँसधैँ
तिम्रो यादमा आज आँसु बगाउँदै छु, कठै!

परेलीको आँसु झरी भिजिदिन्छ यो गह
बुझाउन गाह्रो भयो आज मनको बह
कोइली रुन्छ वनमा, बरैमा रुन्छु मनमा
पीर, व्यथा बल्झिदिन्छ सधैँ तिम्रो यादमा

तिम्रो यादमा आज आँसु बगाउँदै छु, कठै!

शून्यतामा व्यर्थै खोजेँ भेट्न नसकेर
कलकलाउँदो पिरती यो रेट्न नसकेर
जिन्दगीमा धेरै चोटि जिउँदै जलेको छु
आधा रातमा मुटु दुख्दा आँसु सुकाई रोएको छु

तिम्रो यादमा आज आँसु बगाउँदै छु, कठै! कठै!
भुलिदिऊँ कि निष्ठुरीलाई भनी सधैँसधैँ
तिम्रो यादमा आज आँसु बगाउँदै छु, कठै!



Credits
Lyrics powered by www.musixmatch.com

Link