Gunaso Chhaina

मुठ्ठीमा भएको चिज नफुत्कियोस् भनेर जत्ति जोडले समात्न खोज्यो
त्यो त्यति नै चाँढै फुस्किन्छ, सायद प्रेम यस्तै हुँदो रहेछ

गुनासो छैन कसैलाई, दोष पनि दिन्न

गुनासो छैन कसैलाई, दोष पनि दिन्न
सकिन, खाली, मायाले तिम्रो जीवन किन्न
न पाउन सक्छु, न गुमाउन सक्छु
यसरी त, माया, कति बाँच्न सक्छु?
न पाउन सक्छु न गुमाउन सक्छु
यसरी त, माया, कति बाँच्न सक्छु?

माया गर्ने मन कति झुकाउनु
बुझ्दैन कोही कसरी बुझाउनु
मन पिरोलिन्छ, घरी बिथोलिन्छ
यो चड्पन मनको कसलाई सुनाउनु?

न भन्न सक्छु, न लुकाउन सक्छु
यसरी त, माया, कति बाँच्न सक्छु?
न भन्न सक्छु, न लुकाउन सक्छु
यसरी त, माया, कति बाँच्न सक्छु?

यसरी निमिस भर झिलिक निभी जाने
प्रकाश जस्तो प्रेमको के अर्थ?

मैले जस्तै तिमीले पनि माया गरेको भए
न त झुक्थ्यो शिर, न त पर्थ्यो पिर
न हुन्थ्यो मुटु किन चिराचिरा
न पाउन सक्छु, न गुमाउन सक्छु
यसरी त माया कति बाँच्न सक्छु



Credits
Writer(s): Pushpan Pradhan
Lyrics powered by www.musixmatch.com

Link