Timi Royeko Pal

तिमी रोएको पल तिमीलाई हसाउँन नसकुँला
तर तिमीसंगै म रोईदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसंगै म मरिदिन सक्छु

तिमी रोएको पल तिमीलाई हसाउँन नसकुँला
तर तिमी संगै म रोईदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसंगै म मरिदिन सक्छु

यति कुरा जान तिमी, मैले भन्या मान तिमी
मलाई आफ्नै ठाँन, तिमी
सुनको महल छैन होला, धनी म हैन होला
रहर पुरा गर्न नसकुला
तर मायाले जीवन भरिदिन सक्छु
हो, तर मायाले जीवन भरिदिन सक्छु
हम्म, म त तिमीसँग नै

कहाँ हुन्छ र धनको माया धनी?
मनको माया पो हुन्छ मनकारी
मनको आँखा खोली मलाई माया गर
म राख्छु तिमीलाई सधैं खुशी पारी

हो-हो, कहाँ हुन्छ र धनको माया धनी
मनको माया पो हुन्छ मनकारी
मनको आँखा खोली मलाई माया गर
मैले राख्छु तिमीलाई सधैं खुशी पारी

झरीपरेको पल तिमीलाई ओत लाउँन नसकुँला
तर तिमी संगै म रुझीदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसंगै म मरिदिन सक्छु

कहाँ हुन्छ र सधैँ जित मात्र? हार पनि त सहनु पर्छ
जीवनको हरेक पलहरुमा संगसंगै रहनुपर्छ

Mm-hm-mm, कहाँ हुन्छ र सधैँ जित मात्र? हार पनि त सहनु पर्छ
जीवनको हरेक पलहरुमा संगसंगै रहनुपर्छ

तिमी हारेको पल तिमीलाई जिताउन नसकुँला
तर तिमीसंगै म हारीदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसंगै म मरिदिन सक्छु

यति कुरा जान तिमी, मैले भन्या मान तिमी
मलाई आफ्नै ठाँन, तिमी
सुनको महल छैन होला, धनी म हैन होला
रहर पुरा गर्न नसकुला
तर मायाले जीवन भरिदिन सक्छु
हो, तर मायाले जीवन भरिदिन सक्छु
Mm, म त तिमीसँग नै

तिमी रोएको पल तिमीलाई हसाउँन नसकुँला
तर तिमीसंगै म रोईदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई बचाउन नसकुँला
तर तिमीसंगै म मरिदिन सक्छु



Credits
Writer(s): Arjun Pokharel
Lyrics powered by www.musixmatch.com

Link