Timro Jhuto Piriti

तिम्रो झुटो पिरतीमा हावासरि बहिरहेँ
हो, तिम्रो झुटो पिरतीमा हावासरि बहिरहेँ
तिमीले प्रहार गरिरह्यौ, जिउँदो लास भई सहिरहेँ
अब मलाई दुख्न छोड्यो, चोट सहने बानी भयो
हो, अब मलाई दुख्न छोड्यो, चोट सहने बानी भयो
आखिर मेरो जिन्दगी त चोटैचोटको खानी भयो
आखिर मेरो जिन्दगी त चोटैचोटको खानी भयो
तिम्रो झुटो पिरतीमा हावासरि बहिरहेँ

मलाई रित्तै बनाएर सारा खुसिजति लुट्यौ
एउटै थियो बाटो तर कता छुट्यौ, कता छुट्यौ
हो, मलाई रित्तै बनाएर सारा खुसिजति लुट्यौ
एउटै थियो बाटो तर कता छुट्यौ, कता छुट्यौ

तिमीलाई खुसी दिलाउन आफ्नै खुसी मारिरहेँ
हो, तिमीलाई खुसी दिलाउन आफ्नै खुसी मारिरहेँ
बिछिट्ट यी आँखाबाट कति आँसु झारिरहेँ
आज मेरो आँसु पनि तिम्रा लागि पानी भयो
हो, आज मेरो आँसु पनि तिम्रा लागि पानी भयो

आखिर मेरो जिन्दगी त चोटैचोटको खानी भयो
आखिर मेरो जिन्दगी त चोटैचोटको खानी भयो
तिम्रो झुटो पिरतीमा हावासरि बहिरहेँ

अतीतका दिन कल्पिएर छाती पोल्छ कहिलेकहिले
तिमीबिना एक्लै पनि जीवन काट्न सक्छु मैले
हो, अतीतका दिन कल्पिएर छाती पोल्छ कहिलेकहिले
तिमीबिना एक्लै पनि जीवन काट्न सक्छु मैले

तिम्रा सारा पीडाजति आफूतिरै सारिरहेँ
हो, तिम्रा सारा पीडाजति आफूतिरै सारिरहेँ
तिम्रै जित गराउन आफू सधैँ हारिरहेँ
निश्चल मनले माया गरेँ, आफैलाई हानि भयो
हो, निश्चल मनले माया गरेँ, आफैलाई हानि भयो

आखिर मेरो जिन्दगी त चोटैचोटको खानी भयो
आखिर मेरो जिन्दगी त चोटैचोटको खानी भयो
तिम्रो झुटो पिरतीमा हावासरि बहिरहेँ



Credits
Writer(s): Ramesh Raj Bhattarai, Ramesh Raj Bhattrai
Lyrics powered by www.musixmatch.com

Link