Sworga Khojda

स्वर्ग खोज्दा आमा देख्छु, ईश्वर खोज्दा बाबा भेट्छु
हो, स्वर्ग खोज्दा आमा देख्छु, ईश्वर खोज्दा बाबा भेट्छु
यो मुटुको ढुकढुकीमा
यो मुटुको ढुकढुकीमा, छातीभरि नेपाल भेट्छु
यी आँखामा, नानीभित्र
यी आँखामा, नानीभित्र सेतो-सेतो हिमाल देख्छु
स्वर्ग खोज्दा आमा देख्छु, ईश्वर खोज्दा बाबा भेट्छु

जहाँ जाऊँ यो धर्तीमा, आफ्नै गाउँबेँसी राम्रो
जता पुगौँ सम्झौतामा, जन्मिएको माटो प्यारो
हो, जहाँ जाऊँ यो धर्तीमा, आफ्नै गाउँबेँसी राम्रो
जता पुगौँ सम्झौतामा, जन्मिएको माटो प्यारो

हातैभरि माटो हेर्छु
हातैभरि माटो हेर्छु, ममताको सागर देख्छु
कलकल बग्ने छहरामा
कलकल बग्ने छहरामा स्नेहको लहर देख्छु
स्वर्ग खोज्दा आमा देख्छु, ईश्वर खोज्दा बाबा भेट्छु

सबको हाँसो उस्तै देख्छु, सबको खुशी उस्तै भेट्छु
चोट लाग्दा बग्ने रगत, आँसु, पीडा एउटै पाउँछु
हो, सबको हाँसो उस्तै देख्छु, सबको खुशी उस्तै भेट्छु
चोट लाग्दा बग्ने रगत, आँसु, पीडा एउटै पाउँछु

सगरमाथा शिरको टोपी
सगरमाथा शिरको टोपी, आँगन मेचीकाली देख्छु
तराई, पहाड, उपहार
तराई, पहाड, उपहार रङ्गीचङ्गी फूल देख्छु

स्वर्ग खोज्दा आमा देख्छु, ईश्वर खोज्दा बाबा भेट्छु
यो मुटुको ढुकढुकीमा
यो मुटुको ढुकढुकीमा, छातीभरि नेपाल भेट्छु
यी आँखामा, नानीभित्र
यी आँखामा, नानीभित्र सेतो-सेतो हिमाल देख्छु
स्वर्ग खोज्दा आमा देख्छु, ईश्वर खोज्दा बाबा भेट्छु



Credits
Lyrics powered by www.musixmatch.com

Link