Mohani Rupa

मोहनी रूपरङ्ग छ तिम्रो नशालु आँखैमा
मोहनी रूपरङ्ग छ तिम्रो नशालु आँखैमा
नहेरिदिनू, नबोलिदिनू निम्तालु भाकैमा
नहेरिदिनू, नबोलिदिनू निम्तालु भाकैमा
मोहनी रूपरङ्ग छ तिम्रो नशालु आँखैमा
नहेरिदिनू, नबोलिदिनू निम्तालु भाकैमा

बिहानको लाली ओठमै देखे बैसालु मनले
इन्द्रेनी माला गलामै सजे लजालु भावले

बिहानको लाली ओठमै देखे बैसालु मनले
इन्द्रेनी माला गलामै सजे लजालु भावले

साँचेरै राख्नू यौवनको फूल, खसेर नजाओस्
साँचेरै राख्नू यौवनको फूल, खसेर नजाओस्
पीडाले कतै छट्पटिदिँदा लत्रेर नजाओस्
पीडाले कतै छट्पटिदिँदा लत्रेर नजाओस्

गोधूलि साँझमा बाटुलो मुहार जून झैँ खुल्दछ
झुल्किँदा कतै बादल फाटी, मन यो हाँस्दछ

गोधूलि साँझमा बाटुलो मुहार जून झैँ खुल्दछ
झुल्किँदा कतै बादल फाटी, मन यो हाँस्दछ

परेलीभित्र खुसीका आँसु मोती झैँ बस्दछन्
परेलीभित्र खुसीका आँसु मोती झैँ बस्दछन्
मायाको जादु चलाइदिए संसारै झुल्दछन्
मायाको जादु चलाइदिए संसारै झुल्दछन्

मोहनी रूपरङ्ग छ तिम्रो नशालु आँखैमा
नहेरिदिनू, नबोलिदिनू निम्तालु भाकैमा
नहेरिदिनू, नबोलिदिनू निम्तालु भाकैमा



Credits
Lyrics powered by www.musixmatch.com

Link