Aasha Sayad

आशा सायद थोरै थिए, धेरै थिए खुशी
त्यस्तै मन आज भए कति हुन्थेँ सुखी
फर्किएर आए हुने बाल्यकालका दिन
रमाउँदै बिताउँथेँ हरेक पल, छिन
रमाउँदै बिताउँथेँ हरेक पल, छिन
आशा सायद थोरै थिए, धेरै थिए खुशी

संसार नै आफ्नो घर, कोही पराई छैन
स्वार्थलाई बास माग्ने ठाउँ कतै छैन
संसार नै आफ्नो घर, कोही पराई छैन
स्वार्थलाई बास माग्ने ठाउँ कतै छैन
सानो, ठूलो, भेदभाव सोच्ने फुर्सद छैन
ईर्ष्या होस् या अभिमान, बोल्ने भाषा छैन

आशा सायद थोरै थिए, धेरै थिए खुशी

साँच्चै, ईश्वर, तिमी कतै संसारमा भए
बाल्यकालको त्यही रूप मलाई फिर्ता दिए
साँच्चै, ईश्वर, तिमी कतै संसारमा भए
बाल्यकालको त्यही रूप मलाई फिर्ता दिए
खुशी हुन्थ्यो मन मेरो, शान्ति मिल्थ्यो मनमा
कति हाँस्थेँ, रमाउँथेँ, बाँच्थेँ आफ्नोपनमा

आशा सायद थोरै थिए, धेरै थिए खुशी
त्यस्तै मन आज भए कति हुन्थेँ सुखी



Credits
Lyrics powered by www.musixmatch.com

Link