Maya Mai Fullau Jindagi

मायामै फुलाऊ जिन्दगी, मायाले सजाऊ जिन्दगी
मायामै फुलाऊ जिन्दगी, मायाले सजाऊ जिन्दगी
हीराजस्तै जोबन यो, मायामै बिताऊ जिन्दगी

ला, ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला

फूलैफूलको बाटो गरी कर्म घर पस्नू
फूलैफूलको बाटो गरी कर्म घर पस्नू
फूलकै सुवास, जूनको शीतल सुमङ्गल छर्नू
अनुरागको अनुरागी भई फुल्दै जानू
उनको मनभित्र प्रीतको घर बसाउँदै जानू

मायामै फुलाऊ जिन्दगी, मायाले सजाऊ जिन्दगी

ला-ला-ला

घाम लाग्छ कतै भने कतै हुन्छ छाया
संसारमा सबैभन्दा ठूलो रैछ माया
घाम लाग्छ कतै भने कतै हुन्छ छाया
संसारमा सबैभन्दा ठूलो रैछ माया
छैन शब्द, के भनूँ म यो बिदाइको बेला?
दिलको ढोका तिम्रो लागि सयौँ जुनी खुल्ला

(मायामै फुलाऊ जिन्दगी, मायाले सजाऊ जिन्दगी)
मायामै फुलाऊ जिन्दगी, मायाले सजाऊ जिन्दगी
(हीराजस्तै जोबन यो, मायामै बिताऊ जिन्दगी)
(मायामै फुलाऊ जिन्दगी, मायाले सजाऊ जिन्दगी)



Credits
Lyrics powered by www.musixmatch.com

Link