Buhariko Poi

हे, कति बसेँ नसुतेर, कति बसेँ भोकै
ओ, यिनै छोरा हुन् भनेर मेरा सबैथोकै
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी

हे, जति बूढी भएँ त्यति हेला हुन थालेँ
ओइ, दूधका लाम्टा चुसाएर पाल्नुसम्म पालेँ
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी

हे, कि सबैले हेला गर्छन् बूढो भएपछि
ओइ, मेरो मात्र यस्तो हो कि भाग्य लेख्ने मसी
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी

हे, यिनलाई भन्दा उमेर छँदा दुःख गरेँ कति
होइ, अब सुख पाउने बेला, कठै, हाम्रो गति
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी

हे, कहाँबाट कहाँ पुऱ्याएर छोड्यो हाम्लाई दिनले?
होइ, आफ्ना पनि हुर्केपछि थाहा पाउलान् नि यिनले
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी

हे, कोखीको घाउ, छोराले नि को हो, को हो गर्नी
ओइ, बुहारी छेउमा आउँदा पनि ज्यान कमाउन पर्नी
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी

हे, "बा, हजुरलाई हँसाइरहन्छु" भन्थ्यो सानो हुँदा
होइ, "के भो?" पनि भन्याछैन यति भाँती रुँदा
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी

हे, आजकाल हामी गनाउँछौँ रे, पर-पर सर्छन्
होइ, छिटो-छिटो मरे हुन्थ्यो भनेजस्तो गर्छन्
होइ, होइ, मेरो जिन्दगी होइ, होइ

बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही
ए, बिहा नहुन्जेल छोरो, बिहा गरेसी बुहारीको पोइ
हाम्लाई कोही न कोही

ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी, होइ, होइ
ए, होइ, होइ, मेरो जिन्दगी



Credits
Lyrics powered by www.musixmatch.com

Link