Intro

हरेक प्राणीको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा
कुनै पनि गीत-सङ्गीतले प्रभाव पारिरहेकै हुन्छ
तर मन छुने गीतको जन्म त केवल उत्कृष्ट शब्द, सङ्गीत
तथा स्वरको मीठो संयोजनबाट मात्र सम्भव हुन्छ
हाम्रा अग्रज स्रष्टाहरूद्वारा सृजित सदाबहार
मन छुने गीत-सङ्गीतलाई पुनर्जीवन दिँदै
तपाईँहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्न आइपुगेकी छु म अन्जु पन्त
र मलाई विश्वास छ, मेरो यो सानो प्रयासमा
तपाईँहरूको न्यानो माया थपियो भने
म आफूलाई केही हदसम्म भए पनि सफल भएकी ठान्नेछु

आदरणीय दर्शक तथा श्रोता महानुभाव
बजारमा व्याप्त नक्कली audio CD तथा VCD को खरिदबिक्रीले गर्दा
हाम्रा राष्ट्रिय गहनाको रूपमा लिइने कलाकारहरू
दिनानुदिन विदेश पलायन हुन बाध्य हुनुपरेको यथार्थ यहाँहरू सबैलाई विदितै छ
यो अवस्थाबाट हामी कलाकारहरूलाई बचाउन
तथा स्वदेशमै रहेर तपाईँहरूको सेवा गर्दै
बाँच्न सक्ने आधार सुनिश्चित गर्नका लागि
कृपया, सक्कली audio CD तथा VCD खरिदबिक्री गरेर
सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु, धन्यवाद!



Credits
Lyrics powered by www.musixmatch.com

Link