Aadiwasi Lafa

निलो-निलो आकाशको बस्तीहरूमा
हो, निलो-निलो आकाशको बस्तीहरूमा
निलो-निलो सागरको कश्तीहरूमा
हो, म दुःखी आदिवासी लाफा
जून सम्झी तिमीलाई हेरिरहुँला
हो, म दुःखी आदिवासी लाफा
जून सम्झी तिमीलाई हेरिरहुँला

आहै, हो, बरै, आहै, हो
आहै, हो, बरै, हो-हो-हो-हो

माया जूनको निधारमा लेखेर
माया जूनको निधारमा लेखेर
मुटु ढुङ्गाको मानेमा खोपेर
मुटु ढुङ्गाको मानेमा खोपेर

हो, म भूमि आदिवासी आवा
फूल टिपी देउरालीमा चढाउँला
हो, म भूमि आदिवासी आवा
फूल टिपी देउरालीमा चढाउँला

ओ-हो, ओ-हो, ओ-हो
ओ-हो, ओ-हो, ओ-हो

गुराँस फुल्ने आदिवासी सहरमा
गुराँस फुल्ने आदिवासी सहरमा
बसिन् उनी बादलुको दरबारमा
बसिन् उनी बादलुको दरबारमा

हो, म दुःखी आदिवासी लुङ्गा
जनम-जनम तिमीलाई पर्खिरहुँला
हो, म दुःखी आदिवासी लुङ्गा
जनम-जनम तिमीलाई पर्खिरहुँला

निलो-निलो आकाशको बस्तीहरूमा
निलो-निलो सागरको कश्तीहरूमा
हो, म दुःखी आदिवासी लाफा
जून सम्झी तिमीलाई हेरिरहुँला
हो, म दुःखी आदिवासी लाफा
जून सम्झी तिमीलाई हेरिरहुँला

आ, हा-हा, हो-हो-हो-हो, ओ-हो
ओ-हो, ओ-हो, ओ-हो



Credits
Lyrics powered by www.musixmatch.com

Link