Gham Ra Raat Ko

घाम र रातको भेट कहाँ भाको छ र, प्रिया?
कहाँ भाको छ र, प्रिया?
ओइलिएको फूल टिपी सिरमा
ओइलिएको फूल टिपी सिरमा कसले लाको छ र, प्रिया? (छ र, प्रिया?)
कसले लाको छ र, प्रिया? (छ र, प्रिया?)

जता-जता सुख देख्यौ उतै साइनो जोड्यौ
उतै साइनो जोड्यौ
भन्दिन म, "दुःखीसँग..."
भन्दिन म, "दुःखीसँग किन नाता तोड्यौ?
किन नाता तोड्यौ?"

सुन छोडी पित्तल यहाँ कसले लाको छ र, प्रिया?
कसले लाको छ र, प्रिया?
ओइलिएको फूल टिपी सिरमा
ओइलिएको फूल टिपी सिरमा कसले लाको छ र, प्रिया?
कसले लाको छ र, प्रिया?

हराभरा देख्यौ जता उतै पाइला मोड्यौ
उतै पाइला मोड्यौ
भन्दिन म, "उजाड बगर..."
भन्दिन म, "उजाड बगर किन चट्टै छोड्यौ?
किन चट्टै छोड्यौ?"

मनैले रोजेको सबै कसले पाको छ र, प्रिया?
कसले पाको छ र, प्रिया?
ओइलिएको फूल टिपी सिरमा
ओइलिएको फूल टिपी सिरमा कसले लाको छ र, प्रिया? (छ र, प्रिया?)
कसले लाको छ र, प्रिया? (छ र, प्रिया?)

घाम र रातको भेट कहाँ भाको छ र, प्रिया?
कहाँ भाको छ र, प्रिया?
ओइलिएको फूल टिपी सिरमा
ओइलिएको फूल टिपी सिरमा कसले लाको छ र, प्रिया?
कसले लाको छ र, प्रिया?



Credits
Lyrics powered by www.musixmatch.com

Link