Sano Naulo Sansaar

बगाई लग्यो प्रकृतिले, मह भन्दा मिठो
भिन्नै थियो हिजो, आज अर्कै
बढ्छौं बलियो हृदय लिएर
उहि घामले हर्ष दिन्छ भनि सोचेर
कहाँबाट, कहाँ पुग्ने यो पहाडमा
उज्यालो छ वारीपारी रमणमा

ति सानासाना आँखाले भरि दियो मन
हर्नेछौं आशा सरि अर्को क्षण

बाकास भयो घर, भाग्न लाग्यो डर
अगुल्टोले दियो न्यानोपन
चराचुरुन्गी भए छिमेकी
हाम्रो सानो नौलो संसार
हाम्रो सानो नौलो संसार

पुग्यौं हामी यो शान्तीको देश
बादलसंगै उड्दछ मन, सितल हावाले सेलाई लान्छ
नौलो माटोको कोमलतामा रोप्नेछौं खुशीको बिरुवा
हेर्दै बस्नेछौं आकाशमा, लेख्नेछौं आफ्नै भाग्य

ति सानासाना आँखाले भरि दियो मन
हर्नेछौं आशा सरि अर्को क्षण

बाकास भयो घर, भाग्न लाग्यो डर
अगुल्टोले दियो न्यानोपन
चराचुरुन्गी भए छिमेकी
हाम्रो सानो नौलो संसार
हाम्रो सानो नौलो संसार



Credits
Writer(s): 0, Peeyush Nepal, Sagar Desai
Lyrics powered by www.musixmatch.com

Link