Nepali

जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो

मलाई गर्व छ, हाम्रो पुर्खाले
कति व्यथाहरू सहेर
कति व्यथाहरू सहेर
इतिहासमा कथा त लेखेकै छ

जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो

न नै लडाइको मैदानबाट भागिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
न नै लडाइको मैदानबाट भगिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा बिश्वास राख्ने
यो मन त मेरो नेपाली हो

न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
हिमालझैँ चम्किलो सफा छ छाती
आकाशझैँ फिँजिएको बिचार छ बिशाल
यो मन त मेरो नेपाली हो

जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो

मलाई गर्व छ, हाम्रो पुर्खाले
कति व्यथाहरू सहेर
कति व्यथाहरू सहेर
इतिहासमा कथा त लेखेकै छ

जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो



Credits
Writer(s): 1974 Ad
Lyrics powered by www.musixmatch.com

Link