Ma Sanga Tadha Chha

मसँग टाढा छ यो जिन्दगी
मसँग टाढा छ यो जिन्दगी
कहिले भाग्छ अनि लड्छ
कहिले दुख्छ अनि रुन्छ
व्यथासँग तड्पिएर
व्यथासँग तड्पिएर आफैसँग रिसाउँछ यो जिन्दगी

भौँतारिँदै बाँच्दै छु म, चाहना छन् अनगिन्ती
वेदनाले पिल्सिएर हाँसौ म कसको निम्ति?

आफन्तकै भिडमा पनि
आफन्तकै भिडमा पनि अनायासै हराउँछ यो जिन्दगी

शिखर पुग्ने बाटो छैन, पाइलाहरू रोकिँदै छन्
बाध्यतामा आफैभित्र रहरहरू छेकिँदै छन्

नियतिको आकाशमा
नियतिको आकाशमा बेहाल भई अस्ताउँछ यो जिन्दगी

मसँग टाढा छ यो जिन्दगी
कहिले भाग्छ अनि लड्छ
कहिले दुख्छ अनि रुन्छ
व्यथासँग तड्पिएर
व्यथासँग तड्पिएर आफैसँग रिसाउँछ यो जिन्दगी



Credits
Writer(s): Kp Ghimire
Lyrics powered by www.musixmatch.com

Link