Malai Basurile

मलाई बाँसुरीले रूवायो
मलाई बाँसुरीले रूवायो, साइँला, नबजाऊ बासुँरी
सम्झना आउँछ, निष्ठुरी, सम्झना आउँछ, बैगुनी
सम्झनाले चोली रुझायो, साइँला, नबजाऊ बाँसुरी
मलाई बाँसुरी ले रुवायो

तिम्ले धोका दिँदैमा म त किन मर्थेँ र
बाँचेर पो मैले तिम्रो खुशी देख्न पाउँला
तिम्ले धोका दिँदैमा म त किन मर्थेँ र
बाँचेर पो मैले तिम्रो खुशी देख्न पाउँला
संसारकै नमुना होस् तिम्रो नयाँ जोडी
पठाएछौ निम्तो भने बधाई दिन आउँला
पठाएछौ निम्तो भने बधाई दिन आउँला

मलाई बाँसुरीले रुवायो, साइँला, नबजाऊ बाँसुरी

ओल्लो डाली न्याउली रुन्छे, पल्लो डाली कोइली
एउटै वन बेग्लै मन, नाचेको छ मजुर
ओल्लो डाली न्याउली रुन्छे, पल्लो डाली कोइली
एउटै वन बेग्लै मन, नाचेको छ मजुर

हार्नेको त आँसु पुछ्ने हात भेटिँदैन
जता जीत उतै ताली बजाउँछन्, हजुर
जता जीत उतै ताली बजाउँछन्, हजुर
मलाई बाँसुरीले रूवायो
मलाई बाँसुरीले रूवायो, साइँला, नबजाऊ बासुँरी
सम्झना आउँछ, निष्ठुरी, सम्झना आउँछ, बैगुनी
सम्झनाले चोली रुझायो, साइँला, नबजाऊ बाँसुरी
मलाई बाँसुरी ले रुवायो



Credits
Lyrics powered by www.musixmatch.com

Link