Piratiko Mitho Tirshana

हुँदैन रेलीमै चट्ट टिप्न
हुँदैन रेलीमै माया बिर्सन

पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट मेट्न
पहिलो वसन्तको नयाँ कोपिला
मन लाग्यो चट्ट टिप्न, हो-हो

पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट बिर्सन
पहिलो वसन्तको नयाँ कोपिला
हुँदैन है चट्ट टिप्न, हो-हो

पिरतीको मिठो तिर्सना...
(पिरतीको मिठो तिर्सना)
(पिरतीको मिठो तिर्सना)

टिप्नै पर्छ सुन्दर फुल, नटिपे है ओइली झर्छ
टिप्नै पर्छ सुन्दर फुल, नटिपे है ओइली झर्छ
टिपेर के होला?
बतासैमा उडी जाला
पहिलो वसन्तको नयाँ कोपिला
हुँदैन है चट्ट टिप्न, लै-लै
पिरतीको मिठो तिर्सना...

(पिरतीको...)
आयौ कोही खेलै खेलमा, मन बस्यो अन्जानैमा
आयौ कोही खेलै खेलमा, मन बस्यो अन्जानैमा
दुई दिनमा यो के भयो?
सँगै बाँच्ने कसम दियो
नचिन्ने मान्छेलाई मन दिन नहुने
गाउँघरै चट्ट बिर्सन, लै-लै
पिरतीको मिठो तिर्सना

हुँदैन रेलीमै चट्ट टिप्न
हुँदैन रेलीमै माया बिर्सन

यस्तै होला माया भन्ने, मिठो मिठो काँडा विज्ने
यस्तै होला माया भन्ने, मिठो मिठो काँडा विज्ने
भनुँ-भनुँ कसरी भनुँ?
कति गाँठो बाँधी राँखु?
पहिलो मायाको नयाँ ढुकढुकी
सकिँदैन चट्ट बिर्सन, हो-हो

पिरतीको मिठो तिर्सना...
(पिरतीको मिठो तिर्सना)
(पिरतीको मिठो तिर्सना)

हुँदैन रेलीमै चट्ट टिप्न
हुँदैन रेलीमै माया बिर्सन



Credits
Writer(s): Ranjeet Gajmer
Lyrics powered by www.musixmatch.com

Link