Chahana

टाढाबाट बोलाउँछौ मलाई
नियालेर हेर्दा तिमी बिलाउँछौ

खोजिरहन्छु, भागिरहन्छु सधैँ
जिस्काउँदै बोलाउँछौ अझै
उडी जाने तिमी फेरि

पछि-पछि म आउँछु
पछ्याउँदै तिमीतिर
यो चाहनामा हराउँछु
छाडी जान्छौ मलाई फेरि

सपनाको ठूला-ठूला सहरमा
डुबिरहने मेरो एउटा स्यानो मन

खोजिरहन्छु, म भागिरहन्छु सधैँ
जिस्काउँदै बोलाउँछौ अझै
तर उडी जाने तिमी फेरि

पछि-पछि म आउँछु
पछ्याउँदै तिमीतिर
यो चाहनामा हराउँछु
छाडी जान्छौ मलाई फेरि

चाहनाहरूमा मेरो भुलाएछु मन
बहानाहरू बनाउँदै टाढा भएछु झन्

पछि-पछि म आउँछु
पछ्याउँदै तिमीतिर
यो चाहनामा हराउँछु
छाडी जान्छौ मलाई

म तिमीभित्र पाउँछु
सपनाको एउटा घर
म तिमीसँग रमाउँछु
छाडी जान्छौ मलाई



Credits
Writer(s): Yugal Gurung
Lyrics powered by www.musixmatch.com

Link